सारंगीको भलाकुसारीको यो अंकमा समेट्छौँ- कपिलवस्तुका श्रमिकहरूको पीडा, तेह्रथुममा ढाकाको कपडाका कारण बदलिँदो जीवनशैली, काम ठूलोसानो हुँदैन भन्ने उदाहरण प्रस्तुत गर्दै पर्साका एक इन्जिनियर । साथै, तपाईंका समुदायका समस्या, संघर्ष र सफलताका अन्य प्रसङ्गका लागि रेडियो पत्रिका सारंगीको भलाकुसारीको १२७ औँ अंक सुन्नुहोस् ।
सारंगीको भलाकुसारीको यो अंकमा हामी सडको बारेमा कुरा गर्दैछौँ। हामी समेट्छौँ- ग्रामीण सडकमा गाडी नचल्दा खोटाङवासी निराश, बिना अनुमति यातायात संचालनका कारण वीपी राजमार्गमा बढेको दुर्घटना, १७ वर्ष अघि निर्माण सुरु भए पनि हालसम्म नबनेको बाजुराको सडक, क्षमता भन्दा बढी यात्रु चढिदिंदा दार्चुलाको सडकमा बढेको दुर्घटना । साथै, तपाईंका समुदायका समस्या, संघर्ष र सफलताका अन्य प्रसङ्गका लागि रेडियो पत्रिका सारंगीको भलाकुसारीको १२६ औँ अंक सुन्नुहोस् ।
सारंगीको भलाकुसारीको यो अंक पानीमा केन्द्रीत छ । हामीले समेटेका छौँ - रामेछापको कथा जहाँ एक गाग्री पानीका लागि निकै समय र श्रम खर्चिनु परेको छ, कालीकोटको प्रसंग जहाँ नयाँ खानेपानी योजनाले स्थानीयको समस्या बढाएको छ, दोलखाको भीमेश्वरमा जारी दुई उपभोक्ता समितिको जुधाइका कारण मिचिएका उपभोक्ताको व्यथा, र सोलुखुम्बु पवै गाविसका वासिन्दाको सहकार्यको प्रेरणादायी गाथा। तपाईंका समुदायका समस्या, संघर्ष र सफलताका अन्य प्रसङ्गका लागि रेडियो पत्रिका सारंगीको भलाकुसारीको १२५ औँ अंक सुन्नुहोस् ।
रसुवाको गत्लाङ पुगेको सारंगीको भलाकुसारीको टोलीले त्यहाँ देखिएका विविध पक्ष तथा भेटिएका विभिन्न व्यक्तिहरूसँगको कुराकानी समेटेर रोचक समग्री तयार गरेको छ । तपाईंका समुदायका समस्या, संघर्ष र सफलताका अन्य प्रसङ्गका लागि रेडियो पत्रिका सारंगीको भलाकुसारीको १२४ औँ अंक सुन्नुहोस् ।